• Monday 19th of October 2026

ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, ६ घाइते


  • धनकुटा खबर
  • .

दैलेखको दुल्लुमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परेर अरु ६ जना घाइते भएका छन्।

बिजलुीको पोल बोकको भे.१ त ८९६ नम्बर ट्रयाक्टर दुल्लु नगरपालिका –६ घडास्थित भित्री सडक खण्डमा आइतबार साँझ दुर्घटनामा परेको हो।

दुर्घटनामा दुल्लु नगरपालिका –६ का ५५ बर्षीय मानबहादुर रावलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा दुल्लु –६ कै ५६ वर्षीय कमारो रावल, ४८ वर्षीय दानबहादुर रावल र ३१ वर्षीय ललित खड्का गम्भीर घाइते भएका छन्। उनीहरुलाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको प्रहरीले जनाएको छ। खड्का ट्याक्टर धनी हुन्।

दुर्घटनामा सामान्य घाइते भएका ६० वर्षीय छविलाल रावल, ३४ वर्षीय ललित खड्का र ट्याक्टर चालक २५ का कलम शाहीको दुल्लु अस्पतालमा उपचार भइरहेको छ। मृतक र घाइते सबै एकै गाउँका हुन्।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख सुनिल दाहालले दिएको जानकारी अनुसार पोलको ओजनले असन्तुलित बनेपछि ट्याक्टर दुर्घटनामा परेको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖