• Monday 19th of October 2026

यी रहेछन् पेस्तोल देखाएर सहकारी कर्मचारीको साथबाट ८० लाख लुट्ने ब्यक्तिहरु


  • धनकुटा खबर
  • .

काठमाडौं— जनकपुरधामबाट सहकारी कर्मचारीको साथमा भएको ८० लाख रुपैयाँ लुटेको आरोपमा दुईजना पक्राउ परेका छन्।

रकम लुट्नेमा संलग्न रहेको आरोपमा जनक महतो र श्रवण कापरलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।

पक्राउ परेकाहरूको साथबाट प्रहरीले केही रकम समेत बरामद गरेको जनाएको छ।

गत वैशाख ४ गते धनुषाको सबैला–१२ रघुनाथपुरको शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई मोटरसाइकलमा आएका दुईजना हतियारधारीले जनकपुरधाम–१९ मा पेस्तोल देखाएर ८० लाख लुटेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖