• Monday 19th of October 2026

ह्वात्तै घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?


  • धनकुटा खबर
  • .

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ घटेको छ । सोमबार सुन प्रतितोला ३०० रुपैंयाले घटेको हो ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३८ हजार १०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन आइतबार छापावाल सुन प्रतितोला १ लाख ३८ हजार ४०० रुपैयाँ रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी आज चाँदीको मूल्य १० रुपैंयाले घटेर १ हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖