• Monday 19th of October 2026

२० वर्षीय युवक झुण्डिएको अवस्थामा मृत भेटिए


  • धनकुटा खबर
  • .

सुर्खेत। वीरेन्द्रनगरमा एक जना युवा मृत अवस्थामा फेला परेका छन्। जाजरकोट छेडागाड नगरपालिका– ३, घर भई हाल वीरेन्द्रनगर नगरपालिका– ६ पिपल चौतारा बस्दै आएका अन्दाजी २० वर्षका नवीन सिंह मृत भेटिएका हुन् ।

प्रहरीकाअनुसार डाँडा स्कुलभन्दा पछाडिको झाडीमा उनी झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । उनको परिवारले वीरेन्द्रनगरमा होटल संचालन गर्दै आएको छ। उनी घरबाट २८ गते बेलुका निस्केका थिए ।

उनको मृत्युको कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖