काठमाडौँ । भक्तपुरको भक्तपुर चाँगुनारायण नगरपालिका-१ गाखु पंञ्चदेव टोलमा आइतबार दिउँसो चोरी भएको छ ।
सो स्थानमा डेरा गरी बस्ने शुबेश चौधरीको कोठाबाट कोही नभएको अवस्थामा चोरी भएको हो । चोरले ताला फोडेर नगद २० हजार रुपैयाँ, सुनको विभिन्न गरगहना गरी करिब ५ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीले जानकारी दिएको छ ।
उता कास्कीको पोखरा महानगरपालिका-२७ खरानीफाट बस्ने कोपिला नेपालीको घरको ढोका फुटाई सुनका विभिन्न गरगहना, ड्रोन क्यामेरा र ल्यापटप लगायतका सामानहरू गरी करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
