• Monday 19th of October 2026

यसरी डोको बोकेर एक पर्यटक विमानस्थल पुगेपछि..


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल घुम्न आएका पर्यटकले डोको बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको तस्बिर सामाजिक सञ्जालमा चर्चामा रहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका एक पर्यटक हातमा लगेज तान्दै पिठ्युँमा डोको बेकेर गएको तस्बिरमा देख्न सकिन्छ ।
बिज्ञापन

नेपालको मौलिक उत्पादन बोकेर विदेशी पर्यटक गएको भन्दै कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले लगेजको स्थानमा डोकोको प्रयोग गर्न सकिने तर्क गरिरहेका छन् ।पर्यटकले नेपाली मौलिक सामग्रीलाई माया गरेर सामान राखेर लैजान लागेको भन्दै चर्चा भइरहँदा कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले डोकोमा सामान राखेर पर्यटकले सम्बन्धित देश लैजान पाउँछ कि पाउँदैन भन्ने प्रश्न गरिरहेका छन् ।

के आधुनिक लगेजको सट्टा डोकोमा सामान राखेर विमानबाट लैजान पाइन्छ रु यस प्रश्नको जवाफ खोज्ने प्रयास गरिएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालकाका अधिकारी कुन यात्रुले के सामान ल्याउँछन् भन्ने विषय आफूहरुको चासोको विषय नभएको बताउँछन् ।

यात्रुले कागजात बोकेको छ कि छैन रु ऊ वैधानिक छ कि छैन मात्रै आफूहरुले हेर्ने जवाफ अध्यागमन कार्यालयका अधिकारीको छ । विमानस्थलस्थित भन्सार कार्यालयले पनि यात्रुले ल्याउने सामानको जेकजाँज मात्रै गर्ने जिम्मा आफूहरुको भएकोले उसले डोको लैजान पाउने वा नपाउने विषय आफूहरुलाई जानकारीमा नभएको बताएको छ ।

विमानस्थल भन्सार कार्यालयका प्रवक्ता अम्बिका प्रसाद खनाल पर्यटकले डोकोमा सामान ल्याएको अवस्थामा भन्सार जाँचपास हुने बताउँछन् ।‘विमानस्थल भन्सारकको काम सामानाको भन्सार जाँच गर्ने हो,’ उनले भने, ‘ डोकोको र त्यसमा रहेको सामान लैजाने वा नलैजाने भन्ने सम्बन्धित वायुसेवाको काम हो ।’

त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता सुभाव झाले भने प्याकिङ नभएको सामान लैजान अनुमति नभएको बताए । यात्रुले ल्याउने सामान लगेजमा, झोलामा वा प्याक गरेको अवस्थामा लानरल्याउन पाउने भए पनि खुला रुपमा लैजान नमिल्ने उनी बताउँछन् ।

‘प्याकिङ नगरेको सामान खस्ने, टुट्ने र हराउने हुन्छ त्यसैले प्याकिङ नगरेका सामान जहाजबाट लैजान मिल्दैन,’ उनले भने ।पर्यटकले डोकोमा सामान लिएर विमानस्थलमा गइरहेको तस्बिरबारे गरिएको प्रश्नमा झाले प्याकिङ गरेर सामान नखस्ने गरी लैजान सकिने बताए ।

‘पर्यटकले डोकोमा सामान ल्याएको छ भने त्यसलाई प्याकिङ गरेर सामान नखस्ने गरी र बाहिरबाट डोको नदेखिने गरी प्याक गरेको अवस्थामा त्यसलाई लगेज नै मानेर लैजान सकिन्छ’ उनले भने ।अहिले सामाजिक सञ्जालमा पर्यटकले सामानसहित बोकेको डोको उनले लान पाए/नपाएको विषयमा आफूहरुलाई जानकारी नभएको विमानस्थलमा खटिएका निकायका अधिकारीहरुको भनाइ छ ।

कुन देशका यात्रुले कहिले डोकोमा सामान राखेर लगे भन्नेबारे एकिन जानकारी नभएको उनीहरुको भनाइ छ ।-धनगढी खबर

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖