• Monday 19th of October 2026

ठूलो आँधी र बेमौसमी वर्षा, होर्डिङ बोर्ड खसेर ४ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

भारतको मुम्बईमा ठूलो आँधी र बेमौसमी वर्षाले गएराति होर्डिङ बोर्ड खसेर लाग्दा चार जनाको ज्यान गएको छ । अरु ५४ जना घाइते भएका छन् । पानी र धुलोसहितको हावाहुरीका कारण ठूलो सङ्ख्यामा मानिसले आश्रय लिएको पेट्रोल पम्पमा होर्डिङ बोर्ड खसेको थियो ।

घटनास्थलमा राति अबेरसम्म उद्धार र राहतको काम भएको बीबीसी हिन्दीले जनाएको छ । भाजपाका पूर्व सांसद किरिट सोमैयाले खसेको होर्डिङ बोर्ड अवैध रहेको भन्दै यसलाई हटाउन आफूले अस्ति आइतवार मात्रै आदेश दिएको बताउनुभएको छ ।

दुर्घटनापछि महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले घटनास्थल अवलोकन र अस्पताल पुगेर घाइतेहरूलाई भेट्नुभएको खबरमा उल्लेख छ । बेमौसमी वर्षा र हावाहुरीका कारण मुम्बईबाट उडान अवतरण पनि प्रभावित भएको थियो भने मेट्रो पनि केही समय बन्द गर्नु परेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖