काठमाडौं । काठमाडौंको सुकेधारमा एउटा शव फेला परेको छ । प्रहरी बिट सुकेधारका अनुसार चोक नजिकैको नालामा आज बिहान एक जनाको शव फेला परेको हो । अहिले मुचुल्का गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप केही खुलेको छैन ।