• Saturday 24th of October 2026

शिक्षकहको तलब मासिकरुपमा भुक्तानी गर्ने सरकारको घोषणा


  • धनकुटा खबर
  • .

काठमाडौँ । सरकारले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको तलब मासिकरुपमा भुक्तानी गर्ने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षकको पारिश्रमिक मासिक रूपमा प्रदान गर्ने व्यवस्था मिलाइने बताए । शिक्षकहरूले हाल त्रैमासिक रूपमा तलब भुक्तानी पाउँदै आएका छन् ।

शिक्षकको क्षमता अभिवृद्धिका लागि छात्रवृत्ति तथा नेतृत्व विकासको तालिम दिइने सरकारको योजना रहेको छ । त्यस्तै सरुवा बढुवा लगायतका विषयमा एकीकृत सूचना प्रणालीबाट गरिने राष्ट्रपति पौडेलले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖