बझाङ । बझाङमा भिरबाट लडेर वडाध्यक्षकाे मृत्यु भएको छ ।
जिल्लाकाे बुंगल नगरपालिका–७ का वडा अध्यक्ष टंक जोशीको भिरबाट लडेर मृत्यु भएको हाे ।
गाउँमाथिको अठपाली भन्ने ठाउँमा खर काट्न गएको बेला भिरबाट लडेर चट्टानमा बजारिँदा ५० वर्षीय जोशी गम्भीर घाइते भएका थिए।