• Monday 19th of October 2026

बेलायत पठाउँछु भनेर ४१ लाख ठगेको आरोपमा युवक पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । बेलायत पठाउँछु भनेर ४१ लाख ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको बुंगल नगरपालिका–२० घर भएर कीर्तिपुर बस्ने योगेन्द्र बाग छन् ।

२३ वर्षका बागलाई कीर्तिपुरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए ।

सामाजिक संजाल फेसबुकमा ‘निशा टुर्स लिमिटेड’ नामको आइडी मार्फत कुरा गरेर उनले पीडितहरूलाई बेलायतमा वर्किङ्ग भिसामा पठाउने सपना देखाएर रकम असुलेका हुन् ।

४१ लाख १५ हजार असुलेपछि उनी सम्पर्क विहीन भएको एसपी रेग्मीले जानकारी दिए । उनलाई ठगी मुद्दामा कारबाही गर्न अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर टेकुमा पठाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖