• Monday 19th of October 2026

आज राती यी प्रदेशहरुमा पानी पर्ने


  • धनकुटा खबर
  • .

काठमाडौ । आज (मंगलबार) राति कोसी, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा (लगभग आकाश खुला) रहने छ।

यस क्रममा राति कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

साथै आज राति कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ।

मौसम महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖