• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

नेपालको जितमा कुशल र दीपेन्द्रको अर्धशतक


  • धनकुटा खबर
  • .

काठमाडौँ । टी–२० विश्वकपको तयारी गरिरहेको नेपाली क्रिकेट टोलीले अभ्यास खेलमा विन्डवार्ड भोल्कानोजमाथि ४ विकेटको जित हासिल गरेको छ । मंगलबार भएको खेलमा भोल्कानोजले प्रस्तुत गरेको १ सय ९७ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ६ विकेटको क्षतिमा पछ्याएको हो ।

नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपालको जितमा कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएका थिए । भुर्तेलले ४२ बलमा ७१ रन हिर्काए भने ऐरीले २५ बलमा नटआउट रहँदै ५२ रन बनाए । सोमपाल कामीले ३५ रन तथा आशिफ शेखले २६ रनको योगदान दिए । भोल्कानोजका लागि ल्यारी एडवार्डले ३ तथा निकलस रेडहेडले २ विकेट लिए ।

यसअघि कप्तान रोहित पौडेलले ३ तथा ऐरीले १ विकेट लिएपछि भोल्कानोजले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९६ रन बनाएको थियो । टोलीका लागि डिलन डगलसले २६ बलमा ५० रन तथा ए अगस्टेले २६ बलमा ४१ रन बनाए ।

नेपालले भोल्कानोजसँग तीन खेल खेल्नेछ । दोस्रो खेल बिहीबार र तेस्रो खेल शनिबार हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖