• Saturday 24th of October 2026

मलामी गएको गाडी दुर्घटना : १४ जना घाइते, एकको अवस्था गम्भीर


  • धनकुटा खबर
  • .

दोलखा : मलामी गएको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको बताइएको छ।

दोलखाको सत्येश्वर–सिम्टे सडकखण्ड अन्तर्गत मेलुङ गाउँपालिकाको भटमासेमा मलामी सवार गाडी ब्रेक फेल भएर दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार घाइतेहरुको पशुपति चौलागाईं अस्पतालमा उपचारका भैइरहेको छ भने गम्भीर घाइतेलाई थप उपचारका काठमाडौँ पठाइएको छ।

बागमती प्रदेश ०१०२६ च ९८१३ नम्बरको बोलेरो गाडी आज बिहान दुर्घटना भएको हो। घाइतेहरुको पहिचान भने खुलेको छैन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖