• Saturday 24th of October 2026

लामिछानेको मुद्दामा फैसला सुनाउने तयारी


  • धनकुटा खबर
  • .

निलम्बित क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ भइरहँदा उच्च अदालत पाटनबाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ । अदालत गेटबाहिर अदालतको फैसला सुन्न पत्रकार, वादी र प्रतिवादी पक्षका समर्थक जम्मा भएका छन् । बाक्लो संख्यामा प्रहरी तैनाथ गरिएको छ ।

मंगलबारको सुनुवाइमा पत्रकारलाई अदालत परिसरमा प्रवेश गर्न दिइए पनि बुधबार भने गेटबाट भित्र जान कडाइ गरिएको छ ।प्रहरीले पुल्चोकबाट अदालततिर प्रवेश गर्ने मार्गमै पैदलयात्रीलाई सोधखोज गरिरहेको छ भने अदालत छिर्ने बाटोमा पनि कडाइ गरिएको छ ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासमा लामिछानेको मुद्दामा सुनुवाइ भइरहेको छ ।१३ पुस २०८० मा जिल्ला अदालत काठमाडौंले बलात्कार अभियोगमा दोषी ठहर गरी २५ पुसमा सन्दीपविरुद्ध ८ वर्ष जेल सजाय, पीडितलाई तीन लाख रुपैयाँ क्षतिपूर्ति र दुई लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।

जाहेरवालाको आंशिक दाबी पुग्ने जिल्ला अदालतको ठहर थियो । उक्त फैसलालाई चुनौती दिँदै सन्दीप उच्च अदालत पुगेका हुन् । उच्च अदालतमा १२ चैत २०८० मा निवेदन दर्ता भएको थियो । त्यसयता पाँच पल्ट पेसी तोकिए पनि हिजो १ जेठमा सुनुवाइ सुरु भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖