• Monday 19th of October 2026

पूर्वडीएसपी शर्मामाथि ‘दुर्व्यवहार गर्ने’ दुर्गा प्रसाईंका समर्थक पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । पूर्वप्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्णप्रसाद शर्मामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाको टोलीले रसुवाका दिलबहादुर गंदाललाई पक्राउ गरेको हो ।

उनलाई शुक्रबार पक्राउ गरिएको गौशाला प्रहरीले जनाएको छ । शर्मालाई बेन्चमा बाँधेर जुत्ताको माला लगाएको भिडियो सार्वजनिक भएपछि दिलबहादुर पक्राउ परेका हुन् । उनको समूहले वैशाख ९ गते शर्मामाथि दुर्व्यवहार गरेको खुलेको छ ।

दुर्व्यवहार गर्ने अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अभिव्यक्ति दिएको भन्दै उनका समर्थकले शर्मामाथि दुर्व्यवहार गरेका हुन् । अराजक अभिव्यक्तिका कारण प्रसाईं पछिल्लो समय विवादित बन्दै आएका छन् ।

प्रसाईंकै समर्थकले बैंक तथा वित्तीय संस्थामा समेत आक्रमण गर्न थालेका छन् । पछिल्लो समय उनीहरूले एभरेस्ट बैंक र ज्याती विकास बैंकसहितका कार्यालयमा ढुंगामुढा प्रहार गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖