• Monday 19th of October 2026

पाँचखालमा जलाएको अवस्थामा भेटिएका व्यक्ति ललितपुरका विष्णुप्रसाद सुवेदी भएको पुष्टि


  • धनकुटा खबर
  • .

काभ्रे पाँचखाल नगरपालिका–४ स्थित जिरो किलोमा जलाएको अवस्थामा भेटिएको शव विष्णु प्रसाद सुवेदीको भएको पुष्टि भएको छ । वैशाख २८ मा उनी मृत भेटिएका थिए ।

शव दोलखाको भीमेश्वर नगरपालिका–६ चरिकोट घर भएका विष्णु प्रसाद सुवेदी भएको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

अनुसन्धान अधिकृतहरूले दाँतबाट उनको पहिचान खुलाएका हुन् । माथिल्लो भागमा ३ वटा र तल्लो भागमा उनले ९ वटा दाँत हालेका थिए ।

रुखमा तारले बाँधेर जलाएको अवस्थामा शव फेला परेको थियो । ललितपुरको महालक्ष्मी नगरपालिका स्थित टिकाथलीमा पनि उनको घर छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖