• Monday 19th of October 2026

कञ्चनपुरमा चन्दको हत्या गर्ने भण्डारी पक्राउ, भुसा भित्र लुकेका थिए !


  • धनकुटा खबर
  • .

धनगढी : कञ्चनपुरको बेलौरीमा एक शिक्षकलाई ढुङ्गाले हानेर हत्या गर्ने युवक पक्राउ परेका छन् । बुधबार साँझ बेलौरी नगरपालिका–६ विद्यानगर बस्ने सेवा निवृत्त शिक्षक लक्षी चन्दलाई ढुङ्गाले हानि हत्या गर्ने सोहि ठाउँका ३५ बर्षिया महेश भण्डारी पक्राउ परेका हुन ।

बेलौरी ईलाका प्रहरी कार्यालय बेलौरीमा ईन्चार्ज प्रहरी निरिक्षक गौरी प्रसाद जैशीका अनुसार प्रहरीको टोली र कैलालीबाट आएको कुकुरले पनि समात्नमा सहयोग गरेको बताए ।

बिहिवार बिहान आफनो टोली करिब ४ बजेको समयमा फरार रहेका युवकलाई खोजिगर्दा बेलौरी–६ दुम्लीमा खोजतलासीको क्रममा ती युवक भण्डारी ट्याक्टरको पछाडीको ट्रलीमा भुसा भित्र सुतेको अवस्थामा पक्राउ गरिएकोे बेलौरी ईलाका प्रहरी कार्यालय बेलौरीमा ईन्चार्ज प्रहरी निरिक्षक जैशीले बताए । भण्डारीले मादकपदार्थ पनि सेवन गरेको पाइएको उनले बताए ।

शिक्षक चन्दलाई घर नजिकै बुधबार (हिजो) राती करिब ८ बजेको समयमा आपसी विवादपछि भण्डारीले मुख,टाउकोमा निर्घात रूपमा ढुगाँले हानेर हत्या गरिएको आरोपमा बेलौरी प्रहरीले पक्राउ गरेको हो । घाईते अवस्थामा रहेका शिक्षक चन्दलाई बेलौरी प्रााथमिक स्वास्थ्य चौकीमा राखिएको थियो ।

पछि त्यहाबाट धनगढीको निसर्गमा थप उपचारका लागि पठाएको भएपनि उपचारकै क्रममा उनको अस्पतामै मृत्युु भएको प्रहरी निरिक्षक जैशीले बताए । शिक्षक चन्दले बेलौरीको महाकाली माविमा लामो समय शिक्षक पेशामा सेवा गरि सेवा निवृत भएका थिए । घटनाबारेमा थप अनुसन्धान भईरहेको उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖