• Monday 19th of October 2026

सफा हिमाल अभियानले दुई मानव अस्थिपञ्जर भेटायो


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली सेनाको अगुवाइमा सञ्चालन भई रहेको सफा हिमाल अभियानमा सहभागी टोलीले सगरमाथाको चौथो क्याम्प बाट १ (एक) वटा तथा ल्होत्से हिमालको शिखर नजिकबाट १ (एक) वटा गरी जम्मा २ (दुई) वटा मानव शव तथा लोलापास फेदी इलाकाबाट मानव अस्थिपञ्जरहरू सङ्कलन गरी ल्याएको छ ।

नेपाली सेनाले हवाई साधनमार्फत त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज ल्याई फरेन्सिक ल्याबमा थप प्रक्रियाको लागि बुझाएको जनाएको छ ।  
त्यसैगरी सोही अभियानको दौरान हालसम्म ८ हजार ६ सय २० के.जी. फोहोर सङ्कलन गरी त्यसमध्ये २५० के.जी. कुहिने फोहोर सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई हस्तान्तरण गरिएको सेनाले जनाएको छ ।

 
यस वर्षको सफा हिमाल अभियान अन्तर्गत सगरमाथा, ल्होत्से र नुप्त्से हिमालबाट १० टन फोहोर तथा ५ वटा मानव शव सङ्कलन तथा व्यवस्थापन गर्ने योजना रहेको छ ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖