• Monday 19th of October 2026

काठमाडौबाट कटुवा पेस्तोल सहित युवक पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँको कपनबाट प्रहरीले कटुवा पेस्तोलसहित एकजना युवकलाई पक्राउ गरेको छ ।

बूढानिलकण्ठ नगरपालिका–११ स्थित सिमलटारबाट सिन्धुपाल्चोक घर भएका २३ वर्षीय अर्जुन दर्नाललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले रातोपाटीलाई बताए ।

प्रहरीका अनुसार सिन्धुपाल्चोकको हेलम्बु घर भएका दर्नालले ‘म सँग पेस्तोल छ’ भनेर कपनका स्थानीयहरूलाई धाकधम्की दिने गरेका थिए ।

आरोपितलाई प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖