• Monday 19th of October 2026

ललितपुरबाट हेटौंडातर्फ आउँदै गरेको कार कान्तिपथबाट खस्यो, ३ जनाको अचेत अवस्थामा उद्धार


  • धनकुटा खबर
  • .

हेटौंडा । ललितपुरबाट हेटौंडातर्फ आउँदै गरेको कार कान्तिलोकपथ सडकखण्डमा दुर्घटना भएको छ ।

मकवानपुरको बकैया गाउँपालिका-१२ ठिंगन नजिकै चौताराबाट आज बिहान ७:३० बजे ग३च ९४७५ नम्बरको कार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

कार सडकबाट अन्धाजी ५०० मिटर तल खसेको छ । कारमा सवार तीन जनालाई अचेत अवस्थामा उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको डीएसपी भण्डारीले बताए ।

उनीहरू तीनै जनाको पहिचान खुलेको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖