• Monday 19th of October 2026

यसरी भयो काठमाडौ जांदै गरेको बस दुर्घटना


  • धनकुटा खबर
  • .

दाङ । दाङको तुलसीपुर सडकखण्ड अन्तर्गत बेलझुण्डीमा तुलसीपुरबाट काठमाडौं जाँदै गरेको प्रदेश नं. ३–०१००६ ख ०९७५ नम्वरको बस दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लका अनुसार घाइतेहरुलाई उद्धार गरेर उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको छ । घाइते सबै खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

बेलुकी साढे ५ बजे तुलसीपुरको बसपार्कबाट काठमाडौंका लागि छुटेको बस बेलझुण्डीमा दुर्घटनामा परेको हो । घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक मल्लले जानकारी दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖