• Monday 19th of October 2026

झापाका यी युवकको गोरखामा यसरी भयो मृत्यु


  • धनकुटा खबर
  • .

झापा । गोरखा नगरपालिका–१० छेपेटारस्थित दरौदी नदीमा पौडी खेल्ने क्रममा डुबेर झापा कमल गाउँपालिका–५ पाडाजुँगी घर भएका १९ वर्षीय समिर श्रेष्ठको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले हिजो दिउँसो ३ बजे समिरको मृत्यु भएको जानकारी दिए । समिर पालुङटार नगरपालिका–१ खोप्लाङस्थित ठुलो आमाको घरमा बस्दै आएका थिए । समिर पौडी खेल्ने क्रममा दरौदी नदीमा डुबेका थिए ।

नदीमा डुबेर अचेत अवस्थामा फेला पारी स्थानीयको सहयोगमा समिरलाई उद्धार गरी छेपेटार मेमोरियल अस्पताल लगिएको थियो । त्यहाँबाट रेफर गरी गोरखा अस्पतालमा पुर्याइएकोमा उपचारको क्रममा हिजो साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

आज समिरको पार्थिव शरीरलाई अन्त्येष्टिको लागि झापाको कन्काई माईको मुक्तिघाटमा लगिने आफन्तले बताएका छन् ।-कनकाइ खबरबाट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖