काठमाडौँ । काठमाडौँ महानगरपालिका-३२ मा शुक्रबार दिउँसो चोरी भएको छ । रमा रम्तेलको घरबाट कोही नभएको अवस्थामा चोरी भएको प्रहरीले जानकारी दिएको हो ।
घरबाट सुनका विभिन्न गरगहना तथा नगद समेत गरी करिब ३ लाख ८० हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
