• Monday 19th of October 2026

तराई मधेशमा साउदी कतार जत्तिकै उच्च गर्मी, अझै केहीदिन ४० डिग्री आपसाप रहने


  • धनकुटा खबर
  • .

काठमाडौं । आज पनि तराई मधेशमा तातो हावाको लहर चल्दा जनजीवन कष्टकर भएको छ ।

आज पश्चिम तराईका धेरैजसो जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्यो भने पूर्वी तराईमा पनि अधिकतम तापक्रम ४० डिग्री सेल्सियसकै आसपासमा पुगेको छ ।

तराई मधेशका धेरै जिल्लामा न्यूनतम तापक्रम पनि २७–२८ डिग्री सेल्सियसको आसपासमा रहेकाले रातमा पनि अत्याधिक गर्मी हुने गरेको छ । तराई मधेशका जिल्लामा तातो हावाको लहर अझै केही दिन चल्ने देखिएको छ ।

मौसम तथा जलवायु विज्ञहरुले अझै केही दिन तराई मधेशमा गर्मी बढ्ने अनुमान गरेका छन् । कतिपय ठाउँमा अधिकतम तापक्रम ४४ देखि ४५ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।

संयुक्त राष्ट्रसंघको विपद जोखिम न्यूनिकरण कार्यालयले तातो हावाको लहर अर्थात् ’लू’ लाई जलवायुजन्य विपद मानेको छ ।

तर नेपालमा केन्द्रीय स्तरमा तथा पालिकामा आवश्यक पूर्व तयारी पाइँदैन । मौसम पूर्वानुमान महाशाखाले भने तापक्रम वृद्धिको पूर्वानुमानको आधारमा सावधानी अपनाउन आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖