• Monday 19th of October 2026

होटलमा जुवातास खेलिरहेका ९ जना पक्राउ


  • धनकुटा खबर
  • .

रुपन्देही । बुटवल उपमहानगरपालिका-१३ मा जुवातास खेलिरहेका ९ जना पक्राउ परेका छन् ।

जितगढीस्थित जगत्रदेवी होटल एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४७ वर्षीय नारायण अर्याल समेत ९ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ६ सय रुपैयाँ र २ सय १३ पत्ती ताससहित पक्राउ गरेको बताइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖