• Monday 19th of October 2026

प्राध्यापकहरुले नै रक्सी खाएपछि यसरी भयो कुटाकुट


  • धनकुटा खबर
  • .

धनगढी : कैलालीको खानीडाँडामा पिकनिक गएका प्राध्यापकहरुको लफडा भएपछि कुरो प्रहरीसम्मै पुगेको छ। जिल्लाको घोडाघोडी बहुमुखी क्याम्पसका प्राध्यापकहरु हिजो (शनिबार) खानीडाँडा पिकनिकमा गएका थिए।

सोही क्रममा एक जनाले आफूलाई कुटपिट भएको भन्दै सुखड प्रहरीमा ४ जनाविरुद्ध उजुरी गरेका छन्।

त्यहाँका डीएसपी दिपेन्द्र पालका अनुसार उनीहरू सबैलाई आज बिहान १० बजे प्रहरी कार्यालयमा बोलाइएको छ।

पिकनिकका लागि खानीडाँडा पुगेका प्राध्यापकहरूको बिचमा बिवाद भएपछि कुटाकुटको स्थितिसम्म पुगेको बताइएको छ।

घोडाघोडी क्याम्पसका प्राध्यापक विकास गौतमले आफू खाईरहेको बेला तारानगरका लेखापाल कमल बडुवालले आक्रमण गरेको जनाएका छन्। घोडाघोडी बहुमुखी क्याम्पसको वनभोजमा राष्ट्रिय मावि तारा नगरका लेखापाल कमल बडुवाल र विजय शाहीसमेत थिए।

बहुमुखी क्याम्पसमा अध्यापन गराउँदै आएका केही प्राध्यापकको बढुवा तथा करारमा रहेकाहरू स्थायी भएको खुसियालीमा उनीहरू पिकनिक गएका थिए।

सोही कार्यक्रममा प्राध्यापकहरूले मदिरासमेत सेवन गरेपछि आपसमा विवाद भएको हो। बहुमुखी क्याम्पसका उपप्राध्यापक टीका भट्ट, लेखापाल सिद्धराज न्यौपाने र राष्ट्रिय मावि तारा नगरका लेखापाल कमल बडुवाल र शिक्षक विजय शाहीको कुटपिटबाट आफ्नो आँखा र घुँडामा चोट लागेको हुँदा गौतमले प्रहरीमा निवेदन दिएका हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖