• Monday 19th of October 2026

स्पा सेन्टरहरूमा बालिकाहरूलाई यौन धन्दा


  • धनकुटा खबर
  • .

पोखरा- कास्की प्रहरीले लेकसाइडका स्पा (मसाज) सेन्टरबाट ६ जना बालिकाहरूको उद्धार गरेको छ ।

पोखरा महानगरपालिका स्थित रहेका स्पा (मसाज) सेन्टरहरूमा बालिकाहरूलाई यौनजन्य कार्यमा लगाउने गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले जेठ २ गते छापा मारेको थियो ।

पोखरा महानगरपालिका वडा नं. ६ लेकसाईड स्थित सञ्चालनमा रहेका ५ वटा स्पा (मसाज) सेन्टरहरूमा अनुगमन गर्दा १८ वर्ष भन्दा मुनिका ६ जना बालिकाहरूलाई काममा लगाएको पाइएको समेत प्रहरीले जनाएको छ ।

सेन्टर पोइन्ट स्पाबाट २ जना , हिमालय स्पाबाट १ जना , प्यारा माउन्ट स्पाबाट १ जना र न्यु भिजन स्पाबाट २ जना गरी जम्मा ६ जना बालिकाहरूको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖