• Monday 19th of October 2026

प्रहरी जवानको हत्या गरेर यसरी बाइसधारा जंगलमा लुकेका थिए आरोपी समूह


  • धनकुटा खबर
  • .

काठमाडौंको मनमैजुमा प्रहरी जवान मृत फेला परेको घटनामा आरोपीहरूलाई पक्राउ परेका छन्।

शुक्रबार साँझ तारकेश्वर नगरपालिका-९ मनमैजुस्थित हरियोचौरमा प्रहरी जवान युवराज घिमिरे मृत भेटिएका थिए।

प्रहरी स्रोतका अनुसार यस प्रकरणमा पक्राउ पर्ने मुख्य व्यक्ति सचिन परियार छन्। उनीसहित कम्तिमा ६ जना पक्राउ परेको स्रोतले जनाएको छ।

‘मुख्य व्यक्ति सचिन देखिएका छन्। अन्य व्यक्तिहरू पनि छन्। भेरिफाइ हुने काम भइरहेको छ,’ स्रोतले भन्यो।

प्रहरीका अनुसार सचिन सहचालक हुन्। उनीहरूलाई गएराति बालाजु बाइसधारा जंगल क्षेत्रबाट नियन्त्रणमा लिएको हो। त्यसक्रममा प्रहरीले एक राउण्ड हवाइ फायर समेत गरेको थियो।

प्रारम्भिक अनुसन्धानबाट प्रहरी जवान घिमिरे बिहीबार आफ्नो ड्युटी सकेर एक होटलमा खाजा खान गएका थिए।

त्यहीँ सचिनले उनलाई भेटेका थिए। सचिन लगायतले मापसे समेत गरेको र लुट्ने मनशाय राखेको स्रोतले जनाएको छ।त्यसपछि घटना भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले यसबारे पत्रकार सम्मेलनमार्फत जानकारी दिइने बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖