• Monday 19th of October 2026

लागूऔषध सेवनकर्तासँगको विवादपछि गरिएको रहेछ ट्राफिक प्रहरी जवानको हत्या


  • धनकुटा खबर
  • .

काठमाडौं । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत् प्रहरी जवान युवराज घिमिरे लागूऔषध सेवनकर्ताहरुसँगको विवादमा मारिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

तारकेश्वर नगरपालिका—९, मनमैजुमा भएको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सचिन परियारसहित ६ जनालाई पक्राउ गरेको छ । गएको शुक्रबार घिमिरे एक निर्माणाधीन घरको भुइँमा उनी रक्ताम्मे अवस्थामा मृत फेला परेका थिए ।

लागूऔषध पदार्थ सेवनकर्ताहरुले जवान घिमिरेको हत्या गरेको खुलेको अनुसन्धानमा खटिएका एक अधिकतृ बताउँछन् । ती अधिकृत भन्छन्, ‘घटनास्थलको प्रकृति हेर्दा लागूऔषध पदार्थ सेवन गर्नेहरु आउनेजाने गरेको छ । चुरोटका ठुटाहरु, अन्य लागूपदार्थ सेवन गर्ने औजारका सामानहरु पनि भेटिएको छ ।’

त्यो दिन घिमिरे पनि मोटरसाइकलमा त्यहाँसम्म गएको देखिन्छ, त्यसपछि परियारसहितको समूहले उनको हत्या गरेको पाइएको ती अधिकृतले बताए । उनलाई इँटा प्रहार गरेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले यसबारे आइतबार पत्रकार सम्मेलन गरेर जानकारी दिने बताएको छ । स्रोतका अनुसार, प्रहरी जवान घिमिरे पहिले बसपार्क क्षेत्रमा कार्यरत् रहँदा हाल पक्राउ परेका परियारसँग चिनजान भएको थियो ।

बिहीबार ड्यूटी सकेर निस्किएका उनी त्यसपछि कार्यालयमा फर्किएका थिएनन् । शुक्रबार अपराह्न मृत भेटिएको खबर आएपछि अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं, उपत्यका अपराध अनुसन्धान कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली खटिएको थियो ।

खोटाङ घर भएका घिमिरे सामाखुशी बस्दै आएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖