• Monday 19th of October 2026

नदीमा नुहाउन गएका २ जना मृत भेटिए


  • धनकुटा खबर
  • .

सल्यानमा नुहाउन गएका क्रममा दुई जनाको मृत्यु भएको छ।

कालिमाटी गाउँपालिका – ७ सल्यानथरीका ३७ वर्षीय दिलबहादुर कार्की र ५ वर्षीय सुवास परियारको मृत भेटिएका हुन्।

उनीहरु शनिबार दिउँसो बबई नदीमा नुहाउन गएका थिए। बेलुका हुँदापनि घर नर्फिएपछि उनीहरुको खोजी सुरु भएको थियो।

बेलुका ८ बजे घरदेखि करिब एक किलोमिटर पर दक्षिण तर्फ दिलबहादुर र सुवास अचेत अवस्थामा फेला परेका थिए।

दुवैलाई उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए।

शव पोष्टमार्टमका लागि भेरी अस्पतालमा राखिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖