• Tuesday 20th of October 2026

यी तीन प्रदेशमा बिहानैदेखि वर्षा, राति अझै ठूलो पानी पर्ने सम्भावना


  • धनकुटा खबर
  • .

हाल कोशी, मधेश, लुम्बिनी, कर्णाली प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ ।

कोशी ,मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा बिहानैदेखि मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशको पहाडी भू-भागका थोरै स्थान तथा तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको केही स्थान साथै लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, मधेश र बाग्मती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖