• Tuesday 20th of October 2026

स्कुल गएकी १५ वर्षीया बालिका बेपत्ता


  • धनकुटा खबर
  • .

काठमाडौं । रसुवामा विद्यालय गएकी १५ वर्षकी बालिका बेपत्ता भएकी छन्।

गोसाइँकुण्ड गाउँपालिका(६ का पेमा छेवाङ तामाङकी छोरी १५ वर्षीया देकी छोमो तामाङ सोमबार स्थानीय धुन्चेस्थित रसुवा मावि जान्छु भनी घरबाट हिँडेकी थिइन्।

तर बेलुकासम्म नफर्केपछि उनकी आमाले खोजतलासका लागि प्रहरी कार्यालयमा निवेदन दिएकी हुन्।

उनको खोजीका लागि प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖