• Saturday 28th of November 2026

कांग्रेसले कस्तो मूल्य चुकाउने आउँदो चुनावमा देखिन्छ: प्रधानमन्त्री


  • धनकुटा खबर
  • .

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार प्रतिनिधि सभा बैठकमा विश्वास मतमाथिको छलफल उठेका विषयमाथि जबाफ दिँदै नेपाली कांग्रेसले ठूलो मूल्य चुकाउनुपर्ने अभिव्यक्ति दिए।

प्रधानमन्त्री रोस्टममा उभिएर बोलिरहँदा प्रमुख प्रतिपक्षी कांग्रेसले वेल घेराउ र नाराबाजी गरिरहेको थियो। सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गरिरहेको थियो।

प्रधानमन्त्रीलाई एक सय ५७ सांसदले विश्वास मत दिएका छन्। उनले चौथोपटक विश्वास मत पाए।

विश्वास मत पाएपछि संघीय संसद भवन परिसरमा पत्रकारहरूले कांग्रेसले कस्तो मूल्य चुकाउनुपर्ने हो भन्ने प्रश्न गरेका थिए। त्यसमा जबाफ दिएका प्रधानमन्त्री दाहालले भने, ‘आउने चुनावमा देखिन्छ।’

उनले जरूरी पर्दा १०, १२ पटक पनि विश्वास मत लिने बताए।

‘नेपालमा मात्र होइन विश्वकै रेकर्ड बनेको छ, जरूरी पर्‍यो भने १०, १२ पटक विश्वास मत लिन्छु,’ उनले भने।
भिडि‌ओ:

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖