• Tuesday 20th of October 2026

बाटोमा हिंडिरहेका महिलाको सिक्री लुटेर भागेका युवक पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित माथिल्लो भंगालबाट सुनको सिक्री लुटेर भागेका युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको मौलापुर घर भएर बुढानीलकण्ठ बस्ने राधेश्याम शाह छन् ।

२० वर्षीय शाहले जेठ ३ मा बाटोमा हिँडिरहेकी ५६ वर्षीय सुमित्रा श्रेष्ठको सिक्री लुटेर भागेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । शाहले साढे १ तोलाको सिक्री लुटेका हुन् ।

सीसीटिभी फुटेजको आधारमा अनुसन्धान गरेर उनलाई पक्राउ गरिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । उनीमाथि प्रहरी वृत्त महाराजगन्जले चोरी तथा डाँकासम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖