• Tuesday 20th of October 2026

२५ वर्षपछि पक्राउ परे यी कुख्यात अपराधि


  • धनकुटा खबर
  • .

काठमाडौं— दुई व्यक्तिको हत्यासँगै श्रृंखलाबद्ध चोरी, डकैतीमा संलग्न रहेको आरोप लागेका एक व्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

पर्साको सखुवा प्रसौनी गाउँपालिका गाउँपालिका–५, बलुवाका ७२ वर्षीय प्रेम गिरीलाई प्रहरीले आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, पर्साका एसपी कुमोध ढुंगेलले बताए।

उनका अनुसार, गिरी २२ २०६५ असोजमा जिल्ला प्रशासन कार्यालयका पर्साका तत्कालीन शाखा अधिकृत मोहनप्रसाद मैनालीको गोली हानी भएको हत्यामा संलग्न थिए।

मैनालीको हत्यामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद लिएर थप जाँच भइरहेको पर्सा प्रहरीले जनाएको छ। उनी २५ वर्ष देखि प्रहरीको खोजी सूचीमा थिए ।

त्यस्तै, २०५७ भदौमा पर्साको तत्कालीन बिन्दवासिनी गाविस–४ बस्ने ३० वर्षीय देवेन्द्र यादवको घरमा भएको डकैतीमा पनि उनी संलग्न थिए। त्यसक्रममा उनीसहितको समूहले गोली हानेर देवेन्द्रप्रसाद यादवको हत्या गरेको थियो।

२०६६ फागुन र २०६० पुसमा उनी पर्सा प्रशासनको फैसला अनुसार हातहतियार तथा खरखजाना मुद्दामा फरार थिए। २०६० असारमा उनी पुनरावेदन अदालत हेटौंडाको फैसलाअनुसार हातहतियार तथा खरखजना मुद्दामा फरार थिए।

२०५६ जेठमा जिल्ला प्रशासन कार्यालय, पर्साले गरेको सार्वजनिक अपराधसम्बन्धी मुद्दामा समेत उनी फरार थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖