• Tuesday 20th of October 2026

काठमाडौंको थलीमा शंकास्पद अवस्थामा एक जना पुरुषको शव फेला


  • धनकुटा खबर
  • .

काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका थलीमा शंकास्पद अवस्थामा एक जना पुरुषको शव फेला परेको छ।

शव बिहान साढे पाँच बजे फेला परेको थली प्रहरीले जानकारी दिएको छ।

‘हामीलाई बिहान साढे पाँच बजे खबर आयो। शव थलीको उकालामा फेला परेको हो। शंकास्पद अवस्थामा शव फेला परेको छ,’ प्रहरीले जानकारी दिए।

प्रहरीका अनुसार कालो कपडाले शवको अनुहार ढाकिएको छ। घटना स्थलमा दुईवटा ब्लेड फेला परेका छन्।

‘हामीले फेला पर्दा ब्लडिङ भइरहेको थियो। अहिले प्रहरीले घटनास्थलको मुचुल्का उठाइरहेको छ। मृतक ३५ देखि ४५ वर्ष उमेरको अन्दाज गरेका छौं,’ प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖