• Tuesday 20th of October 2026

पुरुषको शव फेला परेको घटनास्थलमा भेटियो रगत


  • धनकुटा खबर
  • .

काठमाडौं । कागेश्वरी मनहरा नगरपालिका थलीमा एकजना पुरुषको शव शंकास्पद अवस्थामा भेटिएको छ । मंगलबार विहान साढे पाँच बजे उनको शव भेटिएको हो ।

थली प्रहरीका अनुसार शव थलीको उकालामा फेला परेको हो । शवको प्रकृति हेर्दा घटना शंकास्पद देखिएको प्रहरीले जनाएको छ । उनको पहिचान खुल्न बाँकी छ ।

कालो कपडाले शवको अनुहार ढाकिएको छ । घटना स्थलमा दुईवटा ब्लेड समेत फेला परेको प्रहरीको भनाई छ ।

अहिले प्रहरीले घटनास्थलको मुचुल्का उठाइरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖