• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

सन्दीप अमेरिका जाने विषयमा यस्तो भन्छन् क्यान सचिव पारस खड्का


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले लेग स्पिनर सन्दीप लामिछानेलाई आईसीसी टी–२० विश्वकप खेलाउन पहल गरिरहेको बताएको छ।

क्यानका सचिव पारस खड्काले मंगलबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन्। ‘सन्दीप लामिछानेलाई विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन पठाउने सन्दर्भमा यस संघबाट गम्भीरताका साथ आईसीसीलगायत सम्बन्धित निकायहरूमा पहल भइरहेको छ,’ खड्काले भनेको छ।

उनलाई अमेरिका पठाउने प्रक्रिया अगाडि बढाइएको पनि खड्काले बताएका छन्। अमेरिका र वेस्ट इन्डिजमा १ जुनदेखि शुरू हुने प्रतियोगिताका लागि नेपाली टोली हाल अमेरिकामा छ।

‘संयुक्त राज्य अमेरिकाको भिसाको प्रक्रिया अगाडी बढाइएको ब्यहोरा जानकारी गराउँदै यस संघबाट निजको विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिता सम्बन्धी सबै आवश्यक प्रक्रिया अगाडी बढाई सकिएको ब्यहोरा समेत अवगत गराउन चाहन्छु,’ खड्काले भनेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖