• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

रोनाल्डो छैटो युरोकप खेल्ने तरखरमा


  • धनकुटा खबर
  • .

एजेन्सी । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले छैटो पटक युरोकप खेल्ने तरखरमा रहेका छन्। रोनाल्डोलाई युरोकप २०२४ का लागि पोर्चुगलको प्रारम्भिक टोलीमा समावेश गरिएपछि उनको छैटो युरोकप खेल्ने संभावना भएको हो। सन् २०१६ को युरोकप पोर्चुगलले उपाधि जित्दा उनी टोली कप्तान थिए ।

३९ वर्षिय रोनाल्डोले २००४ को ग्रीसमा भएको युरोकपदेखि लगातार पाँच युरोकपमा सहभागिता जनाइसकेका छन्। यो युरोकपमा सर्वाधिक सहभागिता सख्या पनि हो। यसअघि ४/४ प्रतियोगिता खेल्नेमा लोथार म्याथ्युज (जर्मनी), पिटर (डेनमार्क), एलेसान्ड्रो डीपिइरो (इटालि), एडविन भान डेरसर (नेदरल्यान्डस्) लगायत लामो सूची रहेको छ।

रोनाल्डो ५ प्रतियोगितामा १४ गोल गरेर सर्वाधिक गोल गर्नेमा सूचीमा शीर्ष स्थानमा रहेका छन्। उनी दोस्रो स्थानका मिचेल प्लाटिनी (इटालि) को भन्दा ५ गोलले अगाडि छन्। प्लाटिनीले ९ गोल गरेका थिए। रोनाल्डोले गत वर्ष युृरोकप छनौटमा कूल १० गोल गरेका थिए। यो समेत गरी युरोकपमा उनको गोलसंख्या ५० पुगेको छ। दोस्रो स्थानमा रहेका स्विडेनका जाल्टन इब्राहिमोभिचको २५ गोल मात्रै छ।

साथै प्रतियोगितामा सर्वाधिक २५ खेल खेलेका रोनाल्डोले हरेक युरोकपमा गोल पनि गरेका छन् । पोर्चुगलकै जोआयो माउटिन्हो र पेपेले यृुरोकपमा १९ खेल खेलेर दोस्रो स्थान साझेदारी गरेका छन्। पेपे पनि पोर्चुगलको प्रारम्भिक चरणमा सामेल छन्। युरोकप आगामी जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा आयोजना हुँदैछ।

हाल साउदी प्रो लिगमा खेलिरहेका रोनाल्डोले ४२ गोल गरेका छन्। मेनेजर रोबेर्टो मार्टिनेजले उनीबाट गोल निरन्तर भइरहेको भन्दै बताए—उनले अलनासरका लागि ४१ खेलमा ४२ गोल गरिसकेका छन्। यसले शारीरिक क्षमता र निरन्तरतामा उनी फिट देखिन्छन्। गोल गर्न पनि सकेका छन्। यो नै हामीलाई चाहेको पनि हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖