• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

भिसा अस्वीकार भएपछि पारस खड्का सन्दीपलाई लिएर फेरि दूतावासमा


  • धनकुटा खबर
  • .

काठमाडौं । अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । अमेरिकी दूतावासले आज अन्तर्वार्तामा बोलाएर सन्दीलाई भिसा नदिई फर्काइएको थियो ।

लामिछानेले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भिसा अस्वीकृत भएको जानकारी गराएका छन् ।

सन्दीपले आफ्नो मुद्दामा अदालतबाट सफाइ पाइसकेका छन् । विश्वकप खेल्न नेपाल क्रिकेट संघ (क्यान)ले आवश्यक सबै प्रक्रिया पूरा गरेपनि उनलाई अन्तिम समयमा नेपालस्थित अमेरिकी दूतावासले भिसा नदिएको हो ।

सन्दीपकाे भिसा अस्वीकार भएपछि क्यानका सचिव पारस खड्का सन्दीपलाई लिएर फेरि दूतावास गएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖