• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

राजस्थानको हारसँगै शिमरोन हेटमायरलाई भारी जरिवाना


  • धनकुटा खबर
  • .

एजेन्सी । दोस्रो क्वालिफायरमा राजस्थान रोयल्स पराजित भएसँगै शिमरोन हेटमायरलाई पनि ठूलो झट्का लागेको छ । उनलाई खेल शुल्कको १० प्रतिशत जरिवाना गरिएको छ ।

सनराइजर्स हैदरावादविरुद्धको खेलमा हेटमायरले आईपीएलको नियम तोडेका थिए । जसका कारण उनलाई जरिवाना लगाइएको हो । आइपिएल २०२४ को दोस्रो क्वालिफायरमा हैदरावादले राजस्थानलाई पराजित गरेको थियो। यो जितसँगै टोली फाइनलमा प्रवेश गरेको छ ।

आईएनएस समाचारका अनुसार हेटमायरले लेभल १ अपराध गरेका छन् । यो आईपीएल आचार संहिता अन्तर्गतको धारा २.२ को अंश हो। जसका कारण हेटमायरले म्याच फीको १० प्रतिशत जरिवाना तिर्नुपर्नेछ । हेटमायर भन्दा पहिले आईपीएलमा अन्य खेलाडीलाई जरिवाना गरिएको थियो । मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्या र दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई पनि एक एक खेलको प्रतिबन्ध लगाइएको थियो ।

हेटमायरले आईपीएल २०२४ मा निराशाजनक प्रदर्शन गरेका छन् । उनले १२ खेलमा ११३ रन मात्र बनाएका छन् । हेटमायरले एक पनि अर्धशतक बनाउन सकेनन् । उनले शुक्रबार हैदरावादविरुद्ध पनि खास केही गर्न सकेनन् । हेटमायरले हैदरावादविरुद्ध १० बलमा ४ रन मात्र बनाएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖