• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

एम्बाप्पेलाई युरोपको उत्कृष्ट खेलाडी अवार्ड


  • धनकुटा खबर
  • .

हेटौंडा । फ्रान्सका कप्तान तथा स्टार फुटबलर केलियन एमबाप्पेले ग्लोब सकर अवार्ड जितेका छन् ।
युरोपको प्रतिष्ठित अवार्डको रुपमा रहेको ग्लोब सकर अबार्डमा उनले भिनिसियस जुनियर र जुड बेलिङ्घमलाई पछि पारेका हुन् । मनोनयनमा रहेका ती दुबै खेलाडी रियल मड्रीडबाट फुटबल खेल्छ्न ।

यो सिजनबाट पिएसजी छाडने फैसला गरेका एम्बाप्पे आफ्नो ड्रीम क्लब रियलनै जाने करिव पक्का रहेको जनाइएको छ ।

गएराति इटालीको सार्डिनियामा भएको समारोहमा अर्टेटाले प्रिमियर लिग कोच अफ द सिजन जितेका छन् । त्यसैगरी, जिरोनाका मिशेलले ला लिगा कोचिङ पुरस्कार प्राप्त गरे । बार्सिलोना र म्यानचेस्टर सिटीले क्रमशः महिला र पुरुष टिम अफ द इयर अवार्ड जितेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖