• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

आज अमेरिका र नेपाल भिड्दै


  • धनकुटा खबर
  • .

काठमाडौँ । आइसीसी टी २० विश्वकप वार्मअपअन्तर्गत नेपालले आज दोस्रो अभ्यास खेल खेल्दै छ । दोस्रो वार्मअपमा नेपालले आयोजक अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो ।

खेल राति सवा ९ बजेबाट सुरु हुनेछ । नेपाल पहिलो वार्मअपमा क्यानडासँग ६३ रनको फराकिलो अन्तरले पराजित हुन पुगेको थियो ।

आईसीसी टी–२० विश्वकप क्रिकेट आगामी जुन १ देखि २९ सम्म वेस्टइण्डिज र अमेरिकामा आयोजना हुँदै छ । टी–२० विश्वकपमा नेपालसहित २० टोली सहभागी छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖