काठमाडौं । यतिबेला भारतीय स्टार क्रिकेटर हार्दिक पाण्ड्या र अभिनेत्री नताशा स्टेनकोभिनको सम्बन्ध विच्छेदको चर्चा भइरहेको छ। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार हार्दिकले आफ्नो ७० प्रतिशत सम्पत्ति नताशालाई दिने भएका छन्।
मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने हार्दिक र उनकी श्रीमती नताशा स्टान्कोभिकको सम्बन्धविच्छेद हुन लागेको छ । यद्यपि हार्दिक वा नताशाले यसबारे केही भनेका छैनन् । श्रीमती सँगको सम्बन्ध विच्छेदको समाचारका बिचमा हार्दिकको कुल सम्पत्ति कति छ भन्ने चासो सबैलाई लागिरहेको छ।
हार्दिक पाण्ड्याको सम्पत्ति उनकी श्रीमतीभन्दा ५ गुणाबढी छ। हार्दिक सबैभन्दा बढी कमाउने क्रिकेटरहरूको सूचीमा पनि छन्। हार्दिकको कुल सम्पत्ति लगभग ९१ करोड भारूको रहेको छ । उनी क्रिकेट बाहेक विज्ञापन र ब्रान्ड प्रमोशनबाट पनि ठुलो रकम कमाउँछन्। पछिल्लो ५ वर्षमा उनको सम्पत्ति निकै बढेको छ । उनको आम्दानी आईपीएल र बीसीसीआईबाट आउँछ।
यस्तै हार्दिकको शानदार घर र गाडीहरूको पनि छन् । हार्दिकको मुम्बईको बांद्रामा ३० करोडको घर छ। हार्दिकको धेरै लक्जरी कारहरू पनि छन्। उनको कार कलेक्शनमा अडी ए6, रेञ्ज रोवर वोग, जिप कम्पास, मर्सिडिज जी वैगन, रोल्स रोयस, ल्याम्बोर्गिनी हुराकान EBO, पोर्स केयेन, र टोयोटा इटियोस रहेका छ।
अभिनेत्री नताशासँग करिब २० करोड भारूको सम्पत्ति छ। उनी अभिनेत्री, मोडल र डान्सर हुन्। योसँगै उनी रणवीर सिंहसँग थुप्रै विज्ञापनमा देखिएकी छन्। सर्वियन नागरिक नताशाले बलिउडमा पनि काम गरेकी छन्। उनले प्रकाश झा निर्देशित फिल्म ‘सत्याग्रह’ बाट डेब्यू गरेकी हुन्। सन् २०१२ मा भारत आएकी नताशाले उक्त फिल्मको आइटम गीतमा नाचेकी थिइन्।
यदि ७० प्रतिशत सम्पत्ति नताशालाई दिनुपरे भए भने उनले आफ्नो कुल सम्पतिबाट ६३ करोड दिनुपर्ने छ, जसले उनको आर्थिक अवस्थालाई धेरै असर गर्नेछ। हार्दिकले सन् २०२० को ३१ मेमा सर्भियाकी मोडल नताशा स्टानकोभिकसँग हतारमा कोर्ट म्यारिज गरेका थिए । बिहे अगाडि नै नताशा गर्भवती थिइन् । विवाहको दुई महिनापछि उनीहरूलाई सन्तानलाभ भयो । गत वर्ष उनीहरूले छोरा खेलाउँदै परम्परागत रिवाजअनुसार बिहे गरेका थिए ।
