• Sunday 25th of October 2026

उपचारको लागि परिवारसहित भारत उडे प्रकाशमान सिंह


  • धनकुटा खबर
  • .

काठमाडौं, १८ जेठ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह थप उपचारको लागि भारतको नयाँ दिल्ली प्रस्थान् गरेका छन् ।

केही समयअघि नेपालका चिकित्सकहरुको सल्लाहमा नै उनी भारत उपचारकोलागि गएका थिए ।

दुई साता भारत बसेर फर्किएका सिंह फेरि थप उपचारको लागि आज नयाँ दिल्ली प्रस्थान् गरेका हुन् । उनी पत्नी सिर्जना सिंह र छोराहरुसहित दिल्ली प्रस्थान् गरेको जनाईएको छ ।

उनको दिल्ली बसाई यसपटक भने अलिक लामो हुने बुझिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖