• Sunday 25th of October 2026

इन्सेकको आग्रह : ट्राफिक नियमको उल्लंघन गर्नेहरूलाई स्वयंसेवकका रूपमा सडकमा नखटाउनु


  • धनकुटा खबर
  • .

काठमाडौँ । मापसेलगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूलाई स्वयंसेवकका रूपमा सडकमा नखटाउन इन्सेकले आग्रह गरेको छ । गृहमन्त्री रवि लामिछानेको यो निर्णय कानुन विपरीत भएको इन्सेकले शुक्रबाबर विज्ञप्तिमार्फत जनाएको छ ।

इन्सेकले गृहमन्त्री लामिछानेले जेठ १५ गते फेसबुकमा एक स्ट्याटस लेख्दै मापसेलगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूले स्वयंसेवकका रूपमा सडकमा सघाउने जनाएको भोलिपल्टदेखि ट्राफिक नियम उल्लंघनकर्ताहरूलाई ट्राफिक प्रहरीले स्वयंसेवक नाम दिएर श्रममा खटाउन थालेको र सवारी ऐनमा व्यवस्था नभएको उपाय अबलम्वन गर्नु लहडको शासनद्वारा विधिको शासनको प्रतिस्थापन गर्न खोजेको उल्लेख गरेको छ ।

इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ- कसैको लहडमा गरिने यस्ता निर्णय र कार्यक्रमले समाजमा अराजकतालाई बढवा दिने वा कानुन विहीनताको अवस्थालाईमात्रै प्रश्रय गर्दछ ।

गृहमन्त्रीको आदेशपछि जेठ १६ गते बिहानदेखि ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे), तीव्र गति, रातो बत्ती उल्लङ्घन र लेन अनुशासन पालना नगरेकोमा आर्थिक जरिवानासहित थप एक घण्टा स्वयंसेवकका रूपमा श्रम सजाय दिन थालेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖