• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

विश्वकपमा नेपालका खेल रहेका मैदान यस्ता छन्…


  • धनकुटा खबर
  • .

काठमाडौं । नवौं संस्करणको टी-२० विश्वकप आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा संयुक्त रुपमा आयोजना हुदैछ ।

यस विश्वकपमा नेपालले दश वर्ष पछि सभागीता जनाउँदै छ । यो विश्वकपमा २० राष्ट्रको सहभागीता रहेको छ । सहभागी २० राष्ट्रलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल समूह डी मा रहेको छ । नेपाल रहेको समूहमा नेदरल्यान्ड्स, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिका रहेका छन् ।

४ जुन अर्थात जेठ २२ मा नेदरल्यान्ड्ससँग खेल्दै नेपालले विश्वकपको सुरुआत गर्ने छ । नेपालले समूह चरणमा चार खेल खेल्दैछ । यी चार खेल हुने मैदानहरु यसप्रकारका रहेका छन् ।

ग्रान्ड प्रियरि क्रिकेट स्टेडियम

४ जुन अर्थात जेठ २२ मा नेदरल्यान्ड्ससँग खेल्दै नेपालले विश्वकपको सुरुआत गर्ने छ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल नेपाली समयअनुसार बेलुका सवा ९ मा हुनेछ । यो खेल अमेरिकाको टेक्सासमा रहेको ग्रान्ड प्रियरि क्रिकेट स्टेडियममा हुनेछ । टेक्सासमा रहेको यस मैदानमा विश्वकप समूह चरणका चार खेल हुदैछन् । यस मैदानको दर्शक क्षमता ७ हजार रहेको छ ।

सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियम टर्फ ग्राउन्ड, लाउडरहिल

१२ जुन अर्थात जेठ ३० मा नेपालले श्रीलंकासँग खेल्दै छ । नेपाल र श्रीलंकाबीचको खेल सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियम टर्फ ग्राउन्ड, लाउडरहिलमा हुदैछ । नेपाली समय अनुसार बिहान सवा पाँचमा हुनेछ । यस मैदानमा हालसम्म १२ ओडिआई तथा ३२ वटा टी-२० आई खेल भएका छन् । २० हजार दर्शक क्षमताको यस मैदानमा विश्वकपका चार खेलहरु आयोजना हुदैछन् ।

आर्नोस भाली क्रिकेट स्टेडियम

दुई खेल अमेरिकामा खेलेपश्चात समूह चरणको बाँकी दुई खेलका लागि नेपाल वेस्ट इन्डिज जानेछ । समूह चरणको तेस्रो खेलका रुपमा नेपालले १५ जुन अर्थात असार १ मा दक्षिण अफ्रिकासँग खेल्नेछ । र, समूह चरणको चौथो तथा अन्तिम खेलका रुपमा १७ जुन अर्थात असार ३ मा नेपालले बंगलादेशको सामना गर्ने छ । यि दुवै खेल नेपाली समय अनुसार बिहान सवा ५ मा सेन्ट भिन्सेन्टमा रहेको आर्नोस भाली क्रिकेट स्टेडियममा हुनेछ ।

यस स्टेडियममा छ वटा टेस्ट, ४६ वटा ओडिआई तथा ४ टी-२० खेल भएको छ । समूह चरण र सुपर आठका गरि यस मैदानमा पाँच खेल हुदैछन् ।

विश्वकपमा सहभागीता जनाउँने १५ सदस्यीय नेपाली टोलीको नेपाल क्रिकेट संघ (क्यान) ले घोषणा गरिसकेको छ ।

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुलसन झा, अनिल शाह, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, प्रतिश जिसी, करण केसी, सोमपाल कामी, अभिनास बाहोरा, सागर ढकाल र कमलसिंह ऐरी ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖