• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

उच्च मनोबलका साथ विजयको ताज पहिरिने प्रयास हुनेछ :कप्तान रोहित


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले उच्च मनोबलका साथ विजयको ताज पहिरिने प्रयास हुने बताएका छन् ।

आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न अमेरिकामा रहेका रोहितले आइतबार सामाजिक सञ्जालमार्फत विश्वकपमा राष्ट्रको झण्डा काँधमा बोकेर उच्च मनोबलका साथ विजयको ताज पहिरिने सदैव आफ्नो प्रयास हुने बताएका हुन् ।

उनले लेखेका छन्,‘दश वर्षको पर्खाइपछि नेपाल राष्ट्रको सपना साकार पार्दै दोस्रोपटक टी–२० विश्वकप क्रिकेटमा सहभागी हुँदैछौँ । अमेरिका र वेस्ट इन्डिजमा हुने यस प्रतियोगितामा छनौट हुन र सुखद नतिजा ल्याउन निरन्तर हौसला प्रदान गर्नुहुने तपाईँ सबै क्रिकेट प्रेमी दर्शक, कोच, क्यान तथा हामीलाई माया गर्नुहुने सबैजना हाम्रो प्रेरणाका श्रोत हुनुहुन्छ । राष्ट्रको झण्डा काँधमा बोकेर उच्च मनोबलका साथ विजयको ताज पहिरिने सदैव हाम्रो प्रयास हुनेछ । सधैँजस्तो यसपटक पनि तपाईँहरू सबैको निरन्तर माया र हौसलाको अपेक्षा गर्दछौँ !’

आइतबारदेखि सुरु भएको विश्वकपमा नेपालको खेल जुन ४ मा नेदरल्याण्डसँग रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖