• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

बाउको अर्धशतक, वेस्ट इन्डिजसामु जितका लागि १ सय ३७ रनको लक्ष्य


  • धनकुटा खबर
  • .

गुयाना । आईसीसी टी–२० विश्वकपको दोस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी) ले वेस्ट इन्डिजसामु जितका लागि १ सय ३७ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रन बनाएको हो ।

टोलीका लागि सेसे बाउले अर्धशतकीय इनिङ्स खेले । उनले ४३ बलमा ५० रन जोडे । यसक्रममा उनले ६ चौका र एक छक्का हिर्काए ।

त्यस्तै, किपलिन डोरिगाले १८ बलमा २७ रन बताए भने कप्तान असद भालाले २२ बलमा २१ रनको योगदान दिए । चार्ल्स अमिनीले १४ बलमा १२ रन बनाए भने चाड सोपरले १० रन जोडे ।

वेस्ट इन्डिजका लागि आन्द्रे रसल र अल्जारी जोसेफले २–२ विकेट लिए । अकिल होसेन, रोमारियो सेफर्ड र गुडाकेस मोतीले १–१ विकेट हात पारे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖